१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

सनसिटी अपार्टमेन्टको निर्वाचनमा अर्थमन्त्री खतिवडा गएको भन्ने समाचार झुटो, कसले फैलायो भ्रम ?

३ वैशाख, काठमाडाैँ । काठमाडाैँको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको निर्वाचनमा अर्थमन्त्री डा युवराज खतिवडा गएको भन्ने समाचार झुटो भएको निर्वाचन समितिका एक सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता लक्ष्मी उप्रेतीले बताएका छन । उनले भनेका छन अर्थमन्त्री गएको कुरा सतप्रतिशत असत्य हो । म आफू पनि निर्वाचन समितिमा थिएँ । मेयर र मन्त्री कोही पनि कार्यक्रममा नआएको साथै उनीहरुलाई निमन्त्रणा पनि गरिएको थिएन ।’

अर्थमन्त्री खतिवडा ।

निर्वाचनमा पराजित भएपछि सधै हालीमुहाली गर्दै आएको समूहले अनावश्यक हल्ला फिजाएर अर्थ तथा सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाको नाम जोडेर सामाजिक सञ्जालमा बदनाम मात्र गरेको अधिवक्ता उप्रेतीले बताएका छन । निर्वाचनमा पराजीत भएको समूहको डिजाइनमा प्रवीण झाले अर्थमन्त्री गएको हल्ला गरेको खुलेको छ । सामाजिक संजालहरुमा पनि उनले नै अर्थमन्त्री नै अपार्टमेन्टको चुनावमा गएको हल्ला निर्वाचनमा हारेको समूहले चलाएको बुझिएको छ ।

संस्थाको साधारण सभा र निर्वाचन पनि प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिएर सामाजिक दूरी कायम गरेर गरिएको निर्वाचन समितिमा रहेका बरिष्ठ अधिवक्ता उप्रेतीले बताएका छन् । चैत ८ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरिएको र १४ गते मतदान सम्पन्न गरिएको थियो । मत परिणाम चाहिँ १४ गते बेलुकी आठ बजे आएको र कुनै समय पनि अर्थमन्त्रीको उपस्थिति नभएको वरिष्ठ अधिवक्ता उप्रेतीले बताए ।

वरिष्ठ अधिवक्ता उप्रेती ।

सनसिटी अपार्टमेन्टको वेलफेयर सोसाइटीको अध्यक्षमा टिका बस्नेत र सचिवमा तिलक खतिवडाले अत्याधिक मत ल्याएर विजयी भएका थिए । सनसिटी अपार्टमेन्टको १५ औं तल्लामा बस्ने २ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि अर्थमन्त्री खतिवडालाइ जोडेर बद्नाम गर्ने कोशिश भएको छ ।

प्रकाशित मिति : 10:23