१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

गगन थापा कोरोनाको संकटमा पनि कांग्रेसको झण्डा बोकेर राजनीति गरिरहेका छनः अभिनेत्री थापा

२ वैशाख, काठमाडाैँ । लोकप्रिय अभिनेत्री रेखा थापाले अहिले सरकारविरूद्ध लाग्नेहरूले कहिल्यै केही गर्न नसक्ने बताएकी छिन । उलने मेरो फिल्म डट कमसँग कुरा गर्दै अभिनेतृ थापाले सरकारबिरुद्ध बोल्दा, औंला ठडाउँडा यो अवस्थामा आफुले आफ्नो ठाउँबाट के गर्यौं भन्ने पनि सोच्नुपर्ने बताएकी छिन ।

उनले भनेकी छिन ‘यतिबेला पक्ष प्रतिपक्ष सबैले सरकारले गरेको कामलाई हौसला दिएर सहयोग गर्नु पर्ने बेला हो तर एक आपसमा खुट्टा तानेर बसिरहेको देखिन्छन् । मान्छेहरु झन्डामुनि बसेर सरकारको बेइज्जत गरिरहेका छन् । त्यसले अन्तरराष्ट्रिय स्तरमा नराम्रो सन्देश जान्छ ।’

अभेनेत्री थापाले अघि भनेकी छिन ‘नेता गगन थापाका सम्बोधन, तर्क र फेसबुक लाइभमा उनले गरेका कुराहरु पार्टीको झन्डामुनि बसेर गरिएको राजनीति हो । उहाँ स्वास्थ्य मन्त्री भइसकेको मान्छे हो, उहाँलाई सबै लुप होलहरु थाहा थियो, तर आफ्नो कार्यकालमा त्यस्तो के परिवर्तन भएको थियो र ? यो बेला पार्टीको झन्डामुनि बस्नुभन्दा पनि विश्व शान्ति र स्वास्थ्य को कामना गर्नु पर्ने हो ।’

उनले सोसल मिडिया र पार्टीका केही कार्यकर्ताहरु प्रधानमत्री केपी ओली र राष्ट्रपति आफै नै पीपीए लगाएर बिरामीको उपचार गर्न जाने, घर घरमा राहत लिएर जाने र सबैको घरमा पुगेर “घरमै बस्नुस” भन्नु पर्ने जस्ता कुरा गरिरहेको बताइन । उनले स्थानीय प्रधानमन्त्री भनेको वडा अध्यक्ष भएकाले सबैले अाफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएकी छिन ।

थापासँगको विस्तृत कुराकानी यस लिंकमा क्लिक गरे पढ्न सक्नुहुन्छ । 

प्रकाशित मिति : 16:17