११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

कोरोना रोकथाम कोषमा पैसा जम्मा गर्ने नेताप्रति बाबुराम भट्टराईको प्रश्नः जीवन कसरी चल्छ ?

२ वैशाख, काठमाडौँ । राजनीतिक संयन्त्रको माग गर्दै भूमिका माग गरिरहेका सामाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले उक्त प्रस्ताव असफल भएपछि नेताहरूले राज्यको कोषमा गरिरहेको योगदानको बारेमा प्रश्न उठाएका छन । अस्थिरताका लागि अनेक चलखेल गर्ने गरेको आरोप लागिरहेका डा भट्टराईले पछिल्लो समय प्रधानमन्त्री लगायतले आफ्नो तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको परिप्रेक्षमा तलब नलिने ठूला नेताको जीवन कसरी चल्छ ? भन्दै सामाजिक सञ्जाल मार्फत प्रश्न सिर्जना गरेका छन ।

पछिल्लो समय नेकपाका नेता नारायणकाजी श्रेष्ठले देश विषयम परिस्थितिमा भएको बेला आफूले एक वर्षको तलब नलिने घोषणा गरेका थिए । गोरखामा नेपाली कांग्रेसको मतको बलमा तीनै नारायणकाजी श्रेष्ठलाई पराजित गरेका भट्टराईले गरेको प्रश्नको सामाजिक सञ्जालमा भने चर्को आलोचना भएको छ ।

नारायणकाजीले यस्तो घोषणा गरेका थिए, ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु जरुरी छ। यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये २ महिनाको कोभिड–१९ कोष र बाँकी बिपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्यकेजका लागि दिने घोषणा गर्दछु।’

तर भोलिपल्टै बाबुराम भट्टराईले प्रश्न उठाए, ‘तलब नलिने ठूला नेताको जीवन कसरी चल्छ ?’ पपुलर पोलिटिक्स गर्न सबैभन्दा माहिर मानिस हुन डा बाबुराम तर यसपटक उनलाई धेरैले उनकै ट्विटरमा गाली गरेका छन्। कतिपयले प्रधानमन्त्री भएको बेला उनको तलब नलिने घोषणालाई स्मरण गर्न पनि सुझाव दिएका छन्।

बाबुरामले लेखका छन्, ‘प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलबरभत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो। त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरू (कमसेकम संसदरसरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने) को बिलासी रहन सहन र चुनावको खर्च कसरी चल्छ, त्यो पनि बताउँदा राम्रो होला कि ?’

भट्टराइ तीनै व्यक्ति हुन जो नयाँ संविधान बनाउन भूमिका खेलेर संविधान जारी भएको भोलिपल्टै जनकपुर पुगेर सोही संविधान जलाउने कार्यक्रममा सहभागी भएका थिए ।

प्रकाशित मिति : April 14, 2020 at 3:51 pm