१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नेकपाका नेता नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहतमा प्रयोग गर्ने

२ वैशाख, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रण कोष र अन्य विभिन्न राहतमा खर्च गर्ने निर्णय गरेका छन ।  नेता श्रेष्ठले दुई महिनाको तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको तलब विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजमा खर्च गर्ने निर्णय गरेका हुन ।

उनले यस निर्णयको जानकारी सामाजिक सञ्जाल ट्वीटर मार्फत दिएका छन । उनले लेखेका छन ‘हामी अहिले कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ,’ सोमबार ट्वीट गर्दै श्रेष्ठले भनेका छन्, ‘यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु।’

प्रकाशित मिति : 15:27