४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राष्ट्रियसभाको बैठक स्थगित गरी वाम एकता

३ जेठ, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ । सबैभन्दा ठूला दुर्इ दल नेकपा एमाले र नेकपा मअाेवादी केन्द्रले अाज पार्टी एकताको घोषणा गर्न लागेकाे र प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन नसक्दा बैठक स्थगित भएको हाे ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले भने प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउनका लागि राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिए । अाज वाम एकताको घोषणा हुन लागेका कारण सत्तारूढ दलका नेता त्यतै व्यस्त रहने भएकाले नियमावलीमा सहमति जुटाउन समय समेत अपुग देखिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १२:०८