१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

चिकित्सक र स्वास्थ्यकर्मीको सम्मानमा भोलि बिहान राष्ट्रिय गान बजाउन प्रधानमन्त्रीको अपिल

३० चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (सोमबार), नयाँ वर्षको दिन अर्थात बैशाख १ गते बिहान ८ बजे राष्ट्रिय गान बजाउन आमजनतालाई अपिल गर्नुभएको छ । सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै प्रधानमन्त्री ओलिले लेख्नुभएको छ “Play the National Anthem! राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ !” ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।”

ग्लोबल कम्प्याक्ट नेपालले ‘अहिले देशमा कोभिड-१९ को संकट रहेकाले अग्रपंक्तिमा रही अहोरात्र खटिने चिकित्सक, नर्ससहितका अत्यावश्यक काममा होमिएकाको सम्मानमा यस्तो गर्न अपिल गरिसकेको छ। यो संस्थाले संकटको घडीमा परिचालितहरुको स्वागतमा राष्ट्र गानको समाप्ति पछि करताल ध्वनिले एकेबद्दता स्वरूप आ-आफ्नो घरको छत तथा बरन्डामा उभिएर तालि बजाउन समेत आग्रह गरेको छ  ।

प्रकाशित मिति : 21:52