१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

राजनीतिक संयन्त्रको प्रस्ताव बेमाैसमको बाजा, बेरोजगार नेताको प्रस्ताव औचित्यहिनः डा सुरेन्द्र झा

२९ चैत, काठमाडाैँ । राष्ट्रिय जनता पार्टी (राजपा)का सहमहासचिव डा सुरेन्द्रकुमार झाले बेरोजगार नेताहरूले प्रस्ताव गरेको राजनीतिक संयन्त्रको कुनै औचित्य नरहेको बताएका छन । शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एउटा टिप्पणी लेख्दै सहमहासचिव झाले बेरोजगार नेताको कुरा सुन्ने समय यो नभएको बताएका हुन ।

उनले अहिले सबै जननिर्वािचत संस्थाहरूको रहेकामा तीनै संस्थाहरूलाइ बाहिरबाट साथ दिनुपर्नेमा जोड दिनुभएको छ । उनले भनेका छन ‘देशमा तिन तहको निर्वाचित सरकार छ र राजनीतिक स्थायित्व अहिलेको आवस्यकता रहेको हुनाले संसद भित्र र बाहिर रहेको पार्टीहरु, नागरिक समाज, तथा अन्य संघ संस्थाहरु एकत्रित भई सरकारलाई सघाउनु पर्छ !’ उनले यस्तो अवस्थामा अनेक लफडाबाजी गर्नु भनेको बेमाैसको बाजा रहेको बताएका छन ।

उनले अघि थपेका छन ‘केहि बेरोजगार नेताहरुले प्रस्ताव गरेको उच्चस्तरिय संयन्त्रको कुनै औचित्य मैले देख्दिन ! वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी रुपी हवाई जहाजको दुई पायलट मध्ये ओली जीले जगेडामा राखिदिनु भएको प्रचण्ड जी को मन चंचल छ वहाले हलचल नगरुन्जेल ओली जीको बिमान अवतरण गर्नु पर्दैन !!’

प्रकाशित मिति : 14:17