कोरोना रोकथामका बारेमा भैरहेको कामबारे प्रधानमन्त्रीद्धारा मुख्यमन्त्रीहरूसँग छलफल
२९ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग अहिले भिडियो कन्फ्रेन्स मार्फत कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामका विषयमा छलफल गरिरहनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको एक्सन रूमबाट प्रधानमन्त्रीले सातै प्रदेशको मुख्यमन्त्रीसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

छलफलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुक्त ढकाल र अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडा सहभागी रहनुभएको छ ।
प्रधानमन्त्रीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ, प्रदेश २ का मुख्यममन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पाैडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग संयुक्त रूपमा भिडियो मार्फत छलफल गरिरहनुभएको छ ।

प्रकाशित मिति : 11:51









