४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाडी हेर्न गएका तीन बालबालिका चार दिनदेखि बेपत्ता

२ जेठ, रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा गाडी हेर्न गएका तीन बालबालिका चार दिनदेखि बेपत्ता भएका छन् ।

पुथा उत्तरगंगा–१ रन्ममैकोटका सात वर्षीय दुवै पुन, दामन पुन, छ वर्षीया सुहाना पुन र पाँच वर्षीय काले पुन गत वैशाख २९ गते स्थानीय पिपलटुङ भन्ने ठाउँमा गाडी हेर्न जाने भन्दै घरबाट निस्केका थिए ।

गाडी हेर्न गएकामध्ये पाँच वर्षीय कालेलाई स्थानीयले जङ्गलमा भेट्टाएपछि आफ्न्तलाई बुझाएका थिए । तर बाँकी तीन जना भने अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

उनीहरु बाटो बिराएर जंगल तिर गएको हुनसक्ने प्रहरीको अनुमान छ । गाउँबाट चार घण्टा हिँडेर गाडी सञ्चालन हुने ठाउँमा पुग्न सकिन्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार २१:००