प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईलाई हृदयघात, गंगालाल अस्पतालमा उपचार हुँदै
२९ चैत, काठमाडाैँ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई ह्दयघात भएकाे छ । शुक्रबार राति नै स्वास्थ्यमा समस्या आएपछि भट्टराईलाई महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । भट्टराईको एंजियोप्लास्टि गरिएको र अहिले अवस्थामा सामान्य रहेको गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयाे ।

भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका सल्लाहकारहरु अस्पताल पुगेका छन् ।
प्रकाशित मिति : 10:07









