४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

युराे किड्स गोंगबु जहाँ लडेर जिब्रो प्वाल परेकी बालिकालार्इ पढ् भन्दै ३ घण्टा यातना दिइयो

३ जेठ, काठमाडाैँ । काठमाडाैँकाे टोखा नगरपालिकामा रहेको युरो किड्स गोंगबुमा भएको सुन्दै अांग  सिरिङ्ग हुने घटना सार्वजनिक भएको छ । गोंगबुकी एक बालिका खेल्नेक्रममा साथीले धकेलेर लडेको र जिब्रो प्वाल परेर रगत अाउँदा समेत पढाउने नाममा विद्यालयले अभिभावकलार्इ समेत खबर नगरी यातना दिएकाे खुलासा भएकाे छ ।

घटनाकाे ११ दिनपछि पीडित बालिकाका अभिभावकले अाफ्नो पीडा सार्वजनिक गरेका छन । स्कुलले चरम लापरबाही गरेर अाफ्नाे छाेरीलार्इ पीडा दिएको भन्दै पीडित बालिका कलश कँडेलकी अामा स्वीकृित पाैडेलले स्कुलविरूद्ध कानुनी लडाइँ लड्ने घाेषणा गरेकी छिन । दैनिकीको सम्पर्कमा अाएकी स्वीकृति पाैडेलले यसरी घटना विवरण प्रस्तुत गरिन ।

‘स्कुलमा बच्चाहरु चल्छन् लड्नु का साथै चोट लाग्छ बच्चाहरुलाई चोटलाग्न दिनु भएन चोट लागेपछि उपचार गर्नु पर्यो उसको अभिभावकलाई खवर गर्नु स्कुलको दायित्व होइन र ? आफ्नो स्कुललाई international school भन्ने काम चाहिँ दुर्गममा रहेको सरकारी स्कुलको जस्तो गर्ने ? euro kids gongabu जस्ले मेरो नानी कलश कंडेल बैशाख २३गते दिउँसो १२ बजे स्कुलमा लडेर घाइते हुँदा स्कुलले न त hospital मा उपचार गर्न लगेछ न हामी अभिभावक लाई खवर गर्यो । मेरो बच्चा ३ घन्टासम्म पीडामा छटपटाइ रहेको थियो । स्कुल को प्रमुख रुप रहेको काम गर्ने राजन कार्कीले मेरो बच्चा को जिब्रोमा गहिरो घाउ देखिदेखि पनि वेवास्तामात्र गरेनन् उनले  स्कुलका अन्य टिचर र सिस्टहरूले कलशको ममस्लाई बोलाइदिनु भन्दा चेयरमेन प्रमोद पाण्डे नआइ फोन पनि नगर्ने उपचार नि नगर्ने  गैर जिम्मेवार जवाफ दिएका रहेछन । पछि उनले रक्ताम्य अवस्थामै कक्षामै राखेर पढाउने काेशिश समेत गरेछन । मेरी छाेरी कलशले रूदाँ कराउँदा अझ बढी पीडा दिने यस्ता युरो किड्सहरू बन्द हुनुपर्छ । यस्तो समस्या अाज मलार्इ परेको छ भोलि अरूलार्इ पर्न सक्छ त्यसकारण सम्पूर्ण अभिभावकलार्इ समेत यसविरूद्ध लड्न अनुरोध गर्दछु ।’

कलशकी ममी स्वीकृतिले बिहीबार काठमाडाैँमा पत्रकार सम्मेलनकाे अायोजना गरी स्कुल र स्कुलका व्यस्थापकलार्इ कारबाहीको माग गर्न लागेको समेत बताएकी छिन । तपार्इ अाफ्नो बालबालिका अध्ययन गर्ने विद्यालयको बारेमा चनाखो बन्नुहोला अन्यथा सिकाइको साटो अाफ्ना बाबुनानीले यातना पाइरहेको हुनसक्छन ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १९:४५