४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बागबजारमा नक्कली नोटको कारखाना, होटलको बिल तिर्नेदेखि यौनकर्मीलाई दिनसम्म नक्कली नोट

२ जेठ, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ठूलो परिणाममा नेपाली नक्कली नोटसहित गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमडौँका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार पक्राउ पर्नेमा फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका छन । नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको प्रहरीले जनाएको छ । यस्ता नक्कली नोट उनीहरुले होटल, रेष्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्ने गरेका छन ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १८:५१