नेकपाको संघीय सरकार चिकित्सकलाई भत्ता दिने, कांग्रेसको स्थानीय सरकार उल्टै चन्दा माग्ने
२४ चैत, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको संघीय सरकारले कोरोना भाइरस (कोभिड-१९) विरूद्ध लड्ने चिकित्सक र स्वार्थ्यकर्मीको मनोबल बढाउने सतप्रतिशत भत्ता दिने र २५ लाखको बीम गरिदिने निर्यण गरेको कुरा सबैलाइ जगजाहेर नै छ । तर प्रदेश नम्बर १ अन्तर्गतको धरान उपमहानगरपालिकामा भने नेपाली कांग्रेस नेतृत्वको स्थानीय सरकारले उल्टै चिकित्सक र स्वास्थ्यकर्मीसँग चन्दा उठाउने निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राइले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ पत्र नै लेखेर पदाधिकारीको १५ दिनको तलक र चिकित्सक र स्वास्थ्यकर्मीको १० दिनको तलब चन्दाको रूपमा माग गरेको छ । उपमहागरले कोरोनाविरूद्धको स्थानीय कोष स्थापना गरेको भन्दै उक्त कोषमा रकम जम्मा गर्नका लागि भनेर यस्तो अवस्थामा चिकित्सक र स्वास्थ्यकर्मीबाटै तलबको १० प्रतिशत चन्दा माग गरेको हो ।
धरानको स्थानीय सरकारको यस निर्णयपछि सामाजिक सञ्जालमा तीव्र बिरोध सुरू भएको छ । विशेषगरी चिकित्सक र स्वास्थ्यकर्मीहरूले प्रतिशत नै तोकेर चन्दा मागिएको आपत्ति जनाएका छन । उनीहरूले संघीय सरकारले सतप्रतिशत भत्ता दिएर बीमको व्यवस्था गरी काममा प्रोत्साहित गरिरहेको समयमा स्थानीय सरकारले यसरी पैसा माग्नु गलत भएको बताएका छन । उपमहानगरपालिकाले लेखेको पत्र तल हेर्न सक्नुहुन्छ । 
प्रकाशित मिति : 21:46









