संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस
२४ चैत, काठमाडौँ । आज बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण प्रतिनिधिसभा बैठक चैत ७ गतेयता बस्न सकेको छैन ।

चैत १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो । तर त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
प्रकाशित मिति : April 6, 2020 at 4:41 pm









