१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

अत्यावश्यक बस्तुसँग सम्बन्धित उद्योगहरु खोल्न दिने सरकारको निर्णय

२० चैत, काठमाडौं । सरकारले लकडाउनकाे अवधि बढेसगैँ अत्यावश्यक बस्तुसँग सम्बन्धित उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ ।कोभिड – १९ रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बिहिबार बसेको बैठकले अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।


मन्त्री खतिवडाले भने,‘मुलुकभित्र खाद्य उत्पादन गर्ने उद्योगहरु र अतिआवश्यक बस्तु उत्पादन गर्ने उद्योगहरुलाई त्यही उद्योगभित्र कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पूरा गरेर चलाउन दिइने छ,  ‘अरु पनि उद्योगहरुले आफै आवासीयरुपमा मजदुरहरु परिचालन गरेर स्वास्थ्यका मापदण्डहरु पूरा गरेर चलाउन सक्नुहुन्छ ।’

यसका लागि आवागमनलाई बाहिरै रोकेर सञ्चालन गर्न सक्ने स्थानीय प्रशासनले व्यवस्थापन गर्ने गरी अघि बढाउन उपयुक्त हुने ठहर गरिएको उनले जानकारी दिए । यस्तै तामाकोशी जलविद्युत आयोजना, मेलम्चीजस्ता ठूला आयोजनाहरुमा बाहिरका कामदारलाई प्रवेश गर्न नदिई भित्रकै कामदारलाई सुरक्षाका सबै उपकरण प्रयोग गरेर कामलाई निरन्तरता दिने पनि निर्णय भएको मन्त्री खतिवडाले बताए ।

हिउँदे बाली थन्काउने र वर्षे थान रोप्ने बेला भएकाले त्यो काममा पनि कृषकलाई व्यवदान हुन नदिइ काम गर्न दिइने भएको छ ।

प्रकाशित मिति : April 2, 2020 at 8:16 pm