४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बाराका हरिभगत धामी चित्तलको मासुसहित पक्राउ

१ जेठ, बारा । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले चित्तलको मासुसहित निजगढबाट आज स्थानीय १८ वर्षीय हरिभगत धामीलाई पक्राउ गरेको छ ।

आफ्नै घरमा जंगली जनावर चित्तलको मासु बिक्री गरिरहेको प्राप्त सूचनाका आधारमो प्रहरी टोलीले उनलाई निजगढ–४ कछडियाटोलबाट सवा दुई किलो मासु र मासु टुक्राउन प्रयोग भएको अचानोसहित पक्राउ गरेको हो ।

पक्राउ परेका धामीलाई आवश्यक कारबाहीका लागि सेक्टर वन कार्यालय तामागढी निजगढको जिम्मा लगाइएको प्रहरी निरीक्षक दीपककुमार रायले बताए ।

चित्तल मारेमा २० देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको इलाका वन कार्यालयका प्रमुख धमेन्द्र साहले जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार २०:३३