९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

अनेरास्ववियुकाे जेठ ४ र ५ मा हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको व्यवस्थापकीय तयारी पूरा

१ जेठ, काठमाडौँ । अनेरास्ववियुको केन्द्रीय कमिटीको पूर्ण बैठकको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ । बैठकको व्यवस्थापनको जिम्मेवारी पाएको अनेरास्ववियु त्रिवि कमिटीले व्यवस्थापनका लागि आवश्यक सबै तयारी करिब सकेको अध्यक्ष मदन विष्टले जानकारी दिए । बैठकमा आउने अतिथि र सहभागीको भव्य स्वागतको तयारी समेत भएको अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् त्रिवि कमिटीका इन्चार्ज भुषण सुवेदीले जानकारी दिए ।

यही जेठको ४ र ५ गते हुने अनेरास्ववियुको बैठकमा अध्यक्ष नविना लामाले राजिनामा दिने र महाधिवेशन आयोजक कमिटी गठन गर्ने तयारी गरिएको छ । महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा कार्यबाहक अध्यक्ष महेश बर्तौला र महासचिव ऐन महर मध्येबाट चुनिने सम्भावना रहेको छ । नयाँ नेतृत्व समेत चयन हुने भएकाले अनेरास्ववियुको यो बैठकलाई चासोपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार २०:११