बेलायती प्रधानमन्त्री बोरिसः कोरोना भाइरसबाट संक्रमित हुने संसारकै पहिलो सरकार प्रमुख
१४ चैत, काठमाडाैँ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पाइएको छ । प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन । बोरिस कोरोनाबाट संक्रमित हुने संसारकै पहिलो सरकार प्रमुख हुन ।

प्रधानमन्त्री बोरिसले आफूलाइ सामान्य लक्षणमात्र देखिएको पनि बताएका छन् । उनले ट्वीटमा भनेका छन ‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ । बेलायतमा यसअघि महारानी एलिजावेथका उत्तराधिकारी युवराज चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरस देखिएको छ भने ५ सय ७८ जनाले ज्यान गुमाएका छन्।
प्रकाशित मिति : 18:10









