नेकपाका युवा नेता एवं सांसद बद्री मैनालीले कोरोना रोकथाम एवं उपचार कोषमा १ लाख दिने
१२ चैत, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं बागमती प्रदेशसभाका सदस्य बद्री मैनालीले संघीय सरकारले स्थािना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा एक लाख एक हजार एक सय रूपैयाँ जम्मा गर्ने जानकारी दिएका छन । बुधबार दैनिकीसँग कुरा गर्दै सांसद मैनालीले आफूले नेपाल सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा एक लाख एक हजार एक सय रूपैयाँ जम्मा गर्न लागेको बताए ।

उनले विश्वमा माहामारीको रूपमा फैलिरहेको कोरोनाको रोकथाम तथा उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै सबै नागरिकले सरकारको अनुरोध स्वस्कार गरी केही दिन घरभित्रै बसेर सहयोग गरिदिनुपर्ने बताए । सांसद मैनालीले बागमती प्रदेशको कोषमा सांसदको १५ दिनको तलब बराबरको रकम जम्मा गर्दैछन । कोषमा विभिन्न संस्था र व्यक्तिले सहयोग जम्मा गरेका छन ।
प्रकाशित मिति : March 25, 2020 at 9:55 pm









