१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

कोभिड-१९ः भारत र चीनसँगको नाका एक साता पूर्णरुपमा बन्द गर्ने सरकारको निर्णय

९ चैत, काठमाडाैँ । कोभिड १९ को जोखिम कम गर्न सरकारले भारत र चीनसँगको नाका एक साता पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले यस निर्णयको बारेमा जानकारी दिन अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको अायोजना गरेको छ । निर्णयको बारेमा विस्तृतमा अहिले सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी गराउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 20:51