१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

काेराेना विरुद्ध जनचेतना फैलाउन शिक्षक परिचालन

९ चैत, राजापुर । कोभिड–१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले शिक्षकलाई कोरोना भाइरसबारे जनचेतना जगाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

सांकेतिक तस्विर

यस कार्यमा शिक्षकले महत्वपूर्ण योगदान पुर्याउने भएकाले आजदेखि परिचालन गरिन लागेको गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो । यसैगरी बैठकले भारतसँग जोडिएको सीमा बन्द गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ । अर्को सूचना जारी नभएसम्म बढैयातालका सबै मासु पसल बन्द गर्र्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार १२:३३