२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

प्यान राष्ट्रिय शिक्षा पुरस्कार–२०८३ को घोषणा, यी हुन पुरस्कृत हुने व्यक्ति र संस्था

२४ असोज, काठमाडौँ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) ले आफ्नो तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ का अवसरमा प्रदान गरिने विभिन्न विधाका राष्ट्रिय पुरस्कार तथा सम्मानहरूको घोषणा गरेको छ ।

नेपालको विद्यालय शिक्षा तथा समग्र शिक्षा प्रणालीमा नेतृत्व, गुणस्तर, नवीनता, उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले ती पुरस्कारहरू प्रदान गर्न लागिएको हो । प्यानले सदस्यतामा मात्र सीमित नभई खुला प्रतिस्पर्धा, योग्यता, कार्यसम्पादन र शैक्षिक प्रभावका आधारमा देशभरका उत्कृष्ट स्थानीय सरकार, विद्यालय, प्रधानाध्यापक, शिक्षाविद् तथा सञ्चारकर्मीहरू छनोट गरेको प्यानका अध्यक्ष सुदाम गाैतमले बताएका छन ।

पुरस्कार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र वस्तुगत बनाउन शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । समितिमा रामप्रसाद सुवेदी, नन्दकुमारी महर्जन, दिनेश कुमार श्रेष्ठ र सुदर्शन घिमिरे सदस्य रहनुभएको थियो । समितिले प्राप्त आवेदन, मनोनयन र प्रमाणहरूको वस्तुगत अध्ययन तथा मूल्याङ्कन गरी योग्यता र उपलब्धिको आधारमा अन्तिम नामावली तय गरेको हो।

शिक्षाविद् डा. सुरेश राज शर्मालाई ‘राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार’

शिक्षा क्षेत्रको विकास, सुधार, नेतृत्व र रूपान्तरणमा दीर्घकालीन योगदान पुर्‍याएबापत वरिष्ठ शिक्षाविद् डा. सुरेश राज शर्मालाई यस वर्षको ‘राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार’ प्रदान गरिने भएको छ । यस्तै, शिक्षा क्षेत्रका विषयवस्तुलाई प्रभावकारी रूपमा उठान गरी जनचेतना तथा नीतिगत बहसमा योगदान पुर्‍याएबापत सञ्चारकर्मीद्वय दिनेश गौतम र मल्लिका झालाई ‘शिक्षा पत्रकारिता पुरस्कार’ प्रदान गरिने घोषणा गरिएको छ ।

भरतपुर महानगरसहित उत्कृष्ट स्थानीय सरकारहरू

स्थानीय तहहरूतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट महानगर/उपमहानगरपालिकाका रूपमा छनोट भएको छ । सातै प्रदेशबाट उत्कृष्ट घोषित नगरपालिका तथा गाउँपालिकाहरू निम्नानुसार छन् :

कोशी प्रदेश: सुन्दरहरैँचा नगरपालिका (मोरङ) र लिम्चुङबुङ गाउँपालिका (उदयपुर)

मधेश प्रदेश: बागमती नगरपालिका (सर्लाही) र मुखियापट्टी मुसहरनिया गाउँपालिका (धनुषा)

बागमती प्रदेश: बुढानीलकण्ठ नगरपालिका (काठमाडौं) र बेनीघाट रोराङ गाउँपालिका (धादिङ)

गण्डकी प्रदेश: गैंडाकोट नगरपालिका (नवलपुर) र फेदीखोला गाउँपालिका (स्याङ्जा)

लुम्बिनी प्रदेश: शिवराज नगरपालिका (कपिलवस्तु) र धुर्कोट गाउँपालिका (गुल्मी)

कर्णाली प्रदेश: वीरेन्द्रनगर नगरपालिका (सुर्खेत) र सानीभेरी गाउँपालिका (रुकुम पश्चिम)

सुदूरपश्चिम प्रदेश: वेदकोट नगरपालिका (कञ्चनपुर) र तुर्माखाँद गाउँपालिका (अछाम)

उत्कृष्ट माध्यमिक विद्यालय तथा प्रधानाध्यापकहरू

माध्यमिक तहतर्फ उत्कृष्ट विद्यालय र प्रधानाध्यापकहरूको सूची यस प्रकार रहेको छ :

कोशी प्रदेश: फिदिम माध्यमिक विद्यालय (पाँचथर) | डा. ईन्द्रमोहन झा (श्री पब्लिक मा.वि., धरान, सुनसरी)

मधेश प्रदेश: श्री जनता नमुना माध्यमिक विद्यालय (बेलापट्टी, धनुषा) | गौरीशङ्कर चौधरी (चन्द्रा नमूना मा.वि., सप्तरी)

बागमती प्रदेश: जनप्रिय माध्यमिक विद्यालय (हेटौंडा, मकवानपुर) | दलबहादुर बल (डहु मा.वि., रामेछाप)

गण्डकी प्रदेश: पञ्चदेबमुनी माध्यमिक विद्यालय (दुलेगौंडा, तनहुँ) | शान्ति नेपाली (ज्ञानप्रकाश मा.वि., दाना, म्याग्दी)

लुम्बिनी प्रदेश: सिद्धबाबा माध्यमिक विद्यालय (तमघास, गुल्मी) | मोहन प्रसाद सापकोटा (दमकडा नमुना मा.वि., पाल्पा)

कर्णाली प्रदेश: त्रिपुरेश्वर माध्यमिक विद्यालय (सुर्खेत) | खडक रोकाया (महाकाली नमूना मा.वि., मुगु)

सुदूरपश्चिम प्रदेश: मालिकार्जुन माध्यमिक विद्यालय (धाप, दार्चुला) | लक्ष्मीदत्त भट्ट (धनगढी मा.वि., कैलाली)

उत्कृष्ट आधारभूत विद्यालय तथा प्रधानाध्यापकहरू

आधारभूत तहतर्फ उत्कृष्ट घोषित विद्यालय र प्रधानाध्यापकहरू निम्नानुसार छन् :

कोशी प्रदेश: मेवाराजा आधारभूत विद्यालय (ताप्लेजुङ) | राजेश प्रसाद यादव (श्री जनता बाल आ.वि., विराटनगर)

मधेश प्रदेश: श्री मन मिश्र आधारभूत विद्यालय (वीरगञ्ज, पर्सा) | प्रेमकुमारी यादव (आधारभूत विद्यालय, सिरहा)

बागमती प्रदेश: श्री आधारभूत विद्यालय (माडी, चितवन) | बिनिता रञ्जित (पञ्चकन्या आ.वि., बालुवाटार, काठमाडौं)

गण्डकी प्रदेश: श्री सरस्वती आधारभूत विद्यालय (बेलहानी, नवलपुर) | विश्वमोहन पोखरेल (मेघराज आ.वि., माछापुच्छ्रे, कास्की)

लुम्बिनी प्रदेश: सूर्योदय आधारभूत विद्यालय (वाणगङ्गा, कपिलवस्तु) | गङ्गा शर्मा (जनता आ.वि., प्युठान)

कर्णाली प्रदेश: बलभद्र आधारभूत विद्यालय (हुम्ला) | ज्ञानु गुरुङ्ग (सल्लेरी आ.वि., डोल्पा)

सुदूरपश्चिम प्रदेश: बालमन्दिर आधारभूत विद्यालय (बझाङ) | मानसिंह ऐर (पञ्चदेव आ.वि., बैतडी)

विशेष समारोहमा सम्मान गरिने
छनोट भएका सम्पूर्ण उत्कृष्ट स्थानीय सरकार, विद्यालय, प्रधानाध्यापक, शिक्षाविद् तथा सञ्चारकर्मीहरूलाई प्यानले बधाई व्यक्त गरेको छ । यी सम्पूर्ण पुरस्कार तथा सम्मानहरू तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ को विशेष समारोहमा प्रदान गरिने अध्यक्ष गाैतमले जानकारी दिएका छन ।

प्रकाशित मिति : October 10, 2026 at 3:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/