२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

२७ काठमाडौं । छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने कात्तिक ३० गते सोमबार खुला रहने भएको छ ।सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागले जानकारी दिएको छ।

उक्त दिन पनि विभागले नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म राहदानीसम्बन्धी सेवा प्रदान गर्ने भएको छ। छठ पर्व मनाउने विभागका कर्मचारीलाई भने सोमबार बिदा दिइएको विभागले जनाएको छ।

प्रकाशित मिति : November 13, 2026 at 5:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/