१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

कोभिड-१९ः चैत ९ गतेदेखि सबै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गरिने

७ चैत, काठमाडाैँ । कोभिड-१९ को रोकथामका  लागि सरकारले यही चैत ९ गतेदेखि सबै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनिवार्य सेवा दिनुपर्ने कार्यालयबाहेक सबै बन्द गर्ने जानकारी दिए ।

प्रधानमन्त्रीको घोषणा बमोजिम त्यस्ता कार्यालयहरू चैत ९ देखि २१ सम्म बन्द रहनेछन । यस्तै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि बन्द गरिएको उनले बताएका छन्। यसैगरी सीमाबाट हुने आवागमनमा कडाइ हुनेछ। सवै यात्रुलाई अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिने उनले बताएका छन्।

प्रकाशित मिति : 18:34