७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

६ चैत, काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार (भोलि)का लागि बोलाइएको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको हो ।

फाइल फाेटाे

कोरोनाको सम्भावित जोखिमलाई लिएर सांसदहरुले बैठक स्थगनको माग गरेपछि आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले १३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो। सभामुख अग्नि सापकोटाले बोलाएको बैठक सिंहदबारस्थित सभामुखकै कार्यकक्षमा बसेको थियो । प्रतिनिधिसभाको बैठक रोकिए पनि राष्ट्रियसभाको बैठक भने भोलिका लागि बोलाइएको छ ।

प्रकाशित मिति : March 19, 2020 at 6:26 pm