१० असार २०८३, बुधबार | Wed Jun 24 2026

बिजुली, मालपोत र यातायातको बिल तिर्न ढिला भए जरीवाना नलिने सरकारकाे निर्णय

६ चैत, काठमाडौं । सरकारले सरकारी कार्यालयमा भिडभाड कम गर्न मालपोत, विद्युत, र यातायातमा लाग्ने जरीवानावापतको शुल्क मिनाह गर्ने भएको छ । सरकारले रोकथाम तयारीबारे गरिएका निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने भन्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको थियो । बिलम्ब शुल्क नलाग्ने भन्दै मालपोत, विद्युत र यातायात लगायतमा शुल्क बुझाउन हतार नगर्न आग्रह गरेको अधिकृत पोखरेलले बताउनुभयो । जरीवाना लाग्ने अवस्था भए, जरीवाना शुल्क सरकारले मिनाह गरिदिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : March 19, 2020 at 5:22 pm