कोरोनाका कारण नेकपा अध्यक्ष प्रचण्डका सबै कार्यक्रम र भेटघाट स्थगित
६ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको कारण सबै सार्वजनिक कार्यक्रम र भेटघाट बत्रन्द गरेका छन । सरकारले कोरोनाको सतर्कताका लागि दिएको निर्देशन पालाना गर्दै नेकपा अध्यक्ष प्रचण्डले सबै कार्यक्रम स्थगित गरेका हुन ।

प्रचण्डका स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचण्डको भेटघाट समेत स्थगित भएको जानकारी दिएकी छिन ।उनले भनेकी छिन ‘विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट(अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।’
प्रकाशित मिति : March 19, 2020 at 8:33 am









