१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन विद्यालयलाई क्वारेन्टाइन बनाउने

६ चैत, वुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन विद्यालयहरुलाई क्वारेन्टाइन बनाउने भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले पहिलो चरणमा बुटवलका चारवटा सामुदायिक विद्यालयका ४० वटा कोठालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने तयारी भएको जानकारी दिएका छन ।

सुवेदीका अनुसार लुम्बिनी प्रादेशिकसहित निजी अस्पतालमा गरी ३४ वटा आइसोलेटेड वेड तयारी अवस्थामा राखिएको छ । सुवेदीले थप आइसोलेटेड वेड चाहिएमा बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाका भवनहरुलाई समेत उपयोग गर्ने बताए । सुवेदीको भनाइ तल सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 07:37