१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, माधव नेपाल अनुपस्थित

५ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । बुधवारको बैठकमा राजनीतिक एजेण्डाभन्दा पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाललाई बचाउने उपायको विषयमा छलफल हुने बताइएकाे छ ।

फाइल तस्बिर ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिश गर्न सरकारलाई अनुरोध गर्ने फागुन १४ गते बसेको सचिवालय बैठकको निर्णय कार्यान्वयन नभएको विषयलाई लिएर नेकपामा विवाद चर्किएको छ । बुधवारको बैठकमा सो विषयले प्रवेश नपाउने नेकपा स्रोतले बतायो ।

बुधवारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल भने उपस्थित छैनन् । उनी राजधानी बाहिर रहेकाले सचिवालय बैठकमा उपस्थित हुन नसकेको स्रोतले बतायो ।

प्रकाशित मिति : 17:45