१० असार २०८३, बुधबार | Wed Jun 24 2026

कांग्रेसका १५० भन्दा बढी नेता कार्यकर्ता लाइन लागेर नेकपामा प्रवेश गरे

२ चैत, उदपयुर । उदयपुरमा नेपाली कांग्रेसका कार्यकर्ता ठुलो संंख्यामा नेकपा प्रदेस गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) नगर कमिटी बेलकाले शनीबार आयोजना गरेको कार्यक्रममा १५० भन्दा बढी नेपाली काग्रेसबाट नेकपामा पार्टी प्रबेश गरेका हुन । पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेस वडा सभापतिसहित स्थानीय नेता कार्यकर्ता बुद्धिजीवि समेत रहेको बताइएको छ ।

नब प्रबेसी नेता कार्यकर्तालाइ नेकपा उदयपुरका इन्चार्ज तथा केन्द्रिय सदस्य बलदेब चौधरीले स्वागत गर्नुभएको थियो । इन्चार्ज चौधरीको प्रमुख आथित्यतामा भएको पार्टी प्रवेस कार्यक्रममा नेकपा अध्यक्ष विनोद कटुवाल, सचिव ईश्वरमणि राउत, प्रदेश सदस्य मणि पौडेल, राजन किराती, द्रोण पौडेल, बेलका नगरप्रमुख दुर्गाकुमार थापाल युवा नेताहरु किरण राइ, परमेश्वर घिमिरे , प्रदेश न.१ का सांमसद बिमल कार्की गायतको उपस्थिति रहेको थियो । हाल सम्म उदयपुरको एउटा मात्र स्थानीय तह बेलकामा मात्र नेकपाले एकताको सम्पूर्ण प्रक्रिया टुङ्गो लगाएको छ । तस्बीर र समाचारः पूर्वेली दर्पणबाट ।

प्रकाशित मिति : March 15, 2020 at 7:46 am