१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

प्रधानमन्त्री ओली काममा फर्किए, शनिबार दिउँसभर भेटघाट र छलफलमा व्यस्त

१ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालबाट फर्किए लगतै काममा फर्किएका छन ।  ओलीले प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटरमा शनिवार विभिन्न व्यक्तिसँग भेटवार्ता, छलफल र सचिवालयका सदस्यसँग बैठक गरेका छन ।

ओलीले शनिवार विहानै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसग भेटवार्ता गरेका थिए । त्यसपछि उनले दिउसो वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरे । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखेरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पनि ओलीले भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

ओलीले शनिबार अपरान्ह महासचिव विष्णु पौडेल, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला प्रमुख डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासँग सामुहिक रुपमा छलफल गरे । छलफलमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा अन्यको चासो थियो भने प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा चासो प्रकट गरेका थिए ।

प्रकाशित मिति : 20:19