१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष प्रचण्ड बालुवाटारमा

१ चैत, काठमाडाैँ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओली अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएपछि अध्यक्ष प्रचण्ड भेट्न प्रचण्ड शनिवार विहान बालुवाटार पुगेका थिए । प्रचण्डले बालुवाटार पुगी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए । 

प्रकाशित मिति : 15:45