१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

रोल्पाको त्रिवेणीमा आगलागीमा परी तीन घर जले, १० लाखको क्षति

३१ वैशाख, रोल्पा । रोल्पामा आगलागीबाट तीन घर जलेर पूर्ण रुपमा नष्ट भएका छन । रोल्पाको त्रिवेणी गाउँपालिका–६ जुँगारमा आइतबार बेलुकी ३ घरमा आगो लागि हुँदा धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय हरी परियारको घरबाट सल्केको आगोले हरि परियार, रमेश परीयार र नन्द बहादुर पुनको घर जलेको छ । आगोलागीबाट १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ०९:१७