काँग्रेसको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित
२९ फागुन, पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगित भएको हो । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए । सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिनुभएको थियो ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सभामा सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने आँैल्याउनुभयो । अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्ने छ ।
प्रकाशित मिति : 15:34









