१० असार २०८३, बुधबार | Wed Jun 24 2026

राष्ट्रिय स्वाधीनताका विषयमा मलाई फसाउन खोजियो: पूर्व सभामुख महरा

२८ फागुन, कपिलवस्तु । पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको बताउनुभएको छ । गृह जिल्ला दाङ पुगेर फर्कंने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा कार्यकर्तासगँको भेटमा महराले अदालतले आफूलाई दिएको सफाई नागरिकप्रतिको सम्मान भएको बताउनुभयो ।

“मलाई राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो”, उहाँले भन्नुभयो, “म माथि झुठो आरोप लगाइयो ।” महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढामगर, नेकपा नेता शिवराज नगरकमिटीलगागत पार्टी कार्यकर्ताले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : March 11, 2020 at 11:06 pm