१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

बामदेवलाई ड्यामेज गर्नु र दुई पटक प्रधानमन्त्री हुनु प्रचण्डको मुख्य सफलताः पूर्वमन्त्री ढकाल

२४ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक जना नेता एवं वूर्वमन्त्री त्रिलोचन ढकालले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति चर्को आक्रोश व्यक्त गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै प्रचण्डप्रति आक्रोश व्यक्त गरेका छन ।

तत्कालीन नेकपा एमाले टुक्राउन हालका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सहयोग गरेका ढकालले प्रचण्डप्रतिको आक्रोश व्यक्त गर्नुको कारण गौतमलाई फागुन २१ मा राष्ट्रियसभा सदस्यको सपथ खुवाउन नदिएकोमा भन्नेमा शंका छैन । उनले लेखेका छन ‘नेकपा ९नेकपा०का आदरणीय अध्यक्ष पुष्पकमल दहाल प्रचन्ड दुई काम गर्न सफल हुनुभएको छ । पहिलो दुई पटक प्रधानमन्त्री हुन र दोश्रो वामदेवलाई ड्यामेज गर्न । धन्यवाद मुरी मुरी ।’

गौतमलाई राष्ट्रियसभामा लगेर प्रचण्डको नेतृत्वमा माधवकुमार नेपाल र झलनाथ खनालले गरेको वाचा पूरा हुने शंका व्यक्त गर्दै उनले बामदेवलाई प्रचण्डले ड्यामेज पारेको उल्लेख गरेको विश्लेषण गरेका छन । नेकपा भित्र अन्तरविरोध चुलिदैँ जाँदा पार्टीका नेताहरू एक अर्काप्रति कटाक्ष गर्दै आइरहेका छन ।

प्रकाशित मिति : 08:58