१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

प्रधानमन्त्री ओली अस्पताल भित्रै हिँडडुल गर्न थाले, स्वास्थ्यमा क्रमिक सुधार हुँदै

२३ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न सक्ने भएका छन । बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका अोली शुक्रबारबाट हिँडडुल गर्न सक्ने भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन उनलाई हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

शुक्रबार अस्पतालमा आयोजित मिडिया ब्रिफिङमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको जानकारी दिए । प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : 16:27