१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

नेकपाका वरिष्ठ नेता नेपाललाई जन्मदिनको शुभकामना दिन निवासमै पुगे भारतीय राजदूत क्वात्रा

२३ फागुन, काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा शुक्रबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए ।

भेटमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । भेटमा राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना समेत दिएका थिए । राजदूत क्वात्राले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै राजनीतिक भेटघाटमा व्यस्त भएका छन् ।

प्रकाशित मिति : 11:20