१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

मानवता बिरोधी कांग्रेसः हेटाैँडामा राँके जुलुश निकालेर प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी

२० फागुन, हेटाैँडा । प्रधानमन्त्री केपी शर्मा ओलीको भोली मृगोला प्रत्यारोपण हुँदैछ । मृगौलाको संक्रमणबाट मृत्युशैयामा रहेका प्रधानमन्त्रको स्वास्थ्यलाभको कामना गर्दै यतिबेला नेपालको विभिन्न क्षेत्रमा दिप प्रज्वलन कार्यक्रम समेत भैरहेको छ । तर मकवानपुरमा भने नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले असभ्य, अमर्यादित प्रर्दशन गरेका छन् ।

आफुहरुलाई लोकतन्त्रको संवाहक ठान्ने पार्टीका कार्यकर्ताहरुले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्घिको विरुद्धको नाममा गरिएको राँके जुलुसमा मानवताकोनै धज्जी उडने गरि“आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ” भन्ने नारा जहित नगर परिक्रमा गरे । प्रधानमन्त्री ओली अस्पतालमा उपचारर्थ रहेको अवस्थामा नेविसंघ र तरुण दलका कार्यकर्ताहरुको यस्तोखाले रबैयाले मानवताकै खिल्ली उडाएको हेटाैँडाका नागरिकले टिप्प्णी गरेका छन ।

नेविसंघ र तरुण दलको यो प्रर्दशन पछि सामजिक सञ्जाल फेसबुक, टुईटरमा समेत यो विषयले स्थान पायो । सत्रुनै भएपनि पिरमर्का र अस्वस्थ हुँदा उसलाई सहयोग गर्ने नेपाली परिपाटीको खिल्ली उडाउँदै प्रधानमन्त्री विरुद्ध लगाईएको नारा निकै असभ्य भएको हेटौँडा २ संगमचोकमा र्याली हेरीरहेका होमबहादुर मगरले बताए । हाम्रा सहकर्मीले फोटो खिचीरहदा उनले हामीलाई यो त निकै लाजमर्दौ भएन र भन्दै प्रश्न समेत गरे ।

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको लागि निकालिएको भनिएको जुलुशको अधिकांश समय नेविसंघ र तरुण दलले प्रधानमन्त्री ओलीलाईनै निशाना बनाउँदै “आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ” नारा लगाउन ब्यस्त बनेका थिए । तस्बीरः खबरब्रेकबाट 

प्रकाशित मिति : 22:02