१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बिरामी, केही दिन भेटघाट समेत बन्द

२० फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बिरामी परेका छन । अध्यक्ष प्रचण्डमा मौसमी रुघाखोकी देखिएपछि खुमलटारस्थित निवासमै आराम गरिरहेका छन । प्रचण्डले केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा समेत सहभागीता नजनाउने भएका छन् ।

यता अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सोमबारदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएका हुन । उनको भोलि मिर्गौला प्रत्यारोपण गरिनेछ । मंगलबार सबै किसिमका जाँच गरिएको र उनको स्वस्थ्य मजबुद रहेको उपचारमा संल्ग्न चिकित्सकले बताएका छन ।

प्रचण्ड केहीबेर अघि राति ८ बजे प्रधानमन्त्री भेट्न अस्पताल पुगेका थिए । प्रचण्डसँग अोलीले मृगौला प्रत्यारोपण सफल हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । करिब १५ मिनेटको भेटमा प्रचण्डले ओलीको सफल उपचार र स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रकाशित मिति : 20:30