१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

अर्थ र सञ्चारमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीलाई (राष्ट्रपति कार्यालयको विज्ञप्तिसहित)

२० फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चारमन्त्रीको जम्मेवारीबाट डा युवराज खतिवडाले राजिनामा दिएपछि रिक्त भएको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेकी छिन । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति मार्फत दुबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने गरी राष्ट्रपतिले तोकेको जानकारी दिएका छन ।

डा युवराज खतिवडाले मंगलबार दिउँसो अर्थ र सञ्चार मन्त्रीबाट राजिनामा दिएका थिए । राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिने भएपछि डा खतिवडाले पदबाट राजीनामा दिएका हुन । खतिवडाको राजीनामा स्वीकृत भैसकेको छ ।

प्रविधिक कारणले राजिनामा दिएका खतिडा पुनः अर्थमन्त्रीमै नियुक्त हुने नेकपा उच्चस्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् र उनको भोलि सपथ हुनेछ ।

प्रकाशित मिति : 17:21