प्रधानमन्त्रीको स्वास्थ्यलाभका लागि अनेरास्ववियूले दिप प्रज्वलन गर्दै, उपस्थित हुन महरको अपिल
२० फागुन, काठमाडौँ । सत्तारूढ नेकपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै अनेरास्ववीयूले दिप प्रज्वलन गर्ने भएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन ।

अनेरास्ववीयूका संयोजक एेन महरले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलताको कामना र शीघ्र स्वास्थ्यलाभको कामना गर्न माइतीघरमा दिप प्रज्वलन गर्न लागेको जानकारी दिए । उनले माइतीघरमा उपस्थिति हुन युवा तथा विद्यार्थीलाइ अपिल समेत गरेका छन ।
प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुन जानुअघि भिडियो सन्देश जारी गर्दै मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका थिए । प्रत्यारोपणपूर्व प्रधानमन्त्री ओलीको हिजो रगत, दिसापिसाबलगायत जाँच गरिएको छ ।
प्रकाशित मिति : 14:36









