१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सबैले प्रधानमन्त्रीकाे सफल मिर्गाैला प्रत्याराेपणका लागि शुभकामना दिन सक्ने, यस्तो छ व्यवस्था

२० फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र स्वास्थ्यलाभको कामना सबै नागरिकले गर्न पाउने भएका छन । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको स्वास्थ्यलाभको शुभकामना लिने व्यवस्था मिलाएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार www.kpsharmaoli.com.np मा गएर शुभकामना दिन सकिन्छ । सचिवालयलेल यसअघि पनि यसैगरी शुभकामना संकलन गरेको थियो । यो प्लेटफर्म मार्फत स्वदेश तथा विदेशमा रहेका सबै नेपालीले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न पाउनेछन ।

प्रकाशित मिति : 11:19