१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

एकता कमजोर बनाउने खेल कुनै पनि हालतमा स्वीकार गरिदैनः उपप्रधानमन्त्री पोखरेल

१९ फागुन, कैलाली । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कम्युनिष्ट पार्टी अनेक खालका प्रतिकूलतासँग जुधेर यो ठाउँसम्म आइपुगेका बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलामा उहाँले पार्टी बाहिरी शक्तिसँग मात्र नभई आफैँ भित्रका समस्यासँग पनि जुधेर यहाँसम्म आएको बताउनुभयो ।

“गलत कुरा बोकेर कम्युनिष्ट पार्टीमा रहन सकिँदैन”, रक्षामन्त्री पोखरेलले भन्नुभयो, “कम्युनिष्ट पार्टीको मान्छे विभिन्न ओहदामा बसेर यदि गलत कुरा गर्छ भने त्यसलाई हामी मुर्दावाद भन्छौँ, कहिल्यै जिन्दावाद भन्न सक्दैनौँ ।” उहाँले देशभरिका जनताको चाहनालाई मूर्त रुप दिन पार्टी एकता गरिएको उल्लेख गर्नुभयो ।

“राष्ट्रिय आवश्यकतालाई पूरा गर्नका लागि पार्टी एक भएको हो”, उहाँले भन्नुभयो, “हाम्रो एकता राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि नभई स्थायित्वका लागि हो ।” उहाँले एकतालाई कहीँबाट कमजोर बनाउने काम हुन्छ भने कुनै हालतमा स्वीकार गर्न नसकिने विचार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 22:51