९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

एमसीसी पास हुन्छ, संशोधन हुन्छ भन्ने लाग्दैनः सल्लाहकार थापा (भिडियोसहित)

१८ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० पास हुने बताएका छन । योहो टेलिभिजनमा पत्रकार रोहित भण्डारीसँग कुरा गर्दै सल्लाहकार थापाले एमसीसी संसदमा पास हुने बताए ।

उनले भने ‘कार्यदलले दिएको सुझाव पार्टीको सम्पत्ति हो । अमेरिकाले नेपाली जनताको आवश्यकतालाइ मध्यनजर गरेर त्यहाँ आफ्ना जनताले कर तिरेको पैसाबाट अनुदान दिएको हो । त्यो चाहिँ नेपाली जनताले आफ्नो पूर्वाधार विकासमा लगाउने हो । एमासीसी संशोधन हुन्छ भन्ने मलाइ लाग्दैन् तर हाम्रो कोशिश रहन्छ ।’

यता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समितिका सदस्य भीम रावाल लगायतले  एमसीसी संशोधनविना स्वीकार गर्न नसक्ने बताउँदै आएका छन । शनिबार मात्र प्रचण्डले सकुटेबाट कार्यदलको सुझावअनुसार सम्झौता संशोधान गरेर मात्र एमसीसी पारित हुने बताएका छन ।

सल्लाहकार थापाले एमसीसीका बारेमा दिएको जवाफ ३८ मिनेट ५५ सकेन्डबाट सुन्न र हेर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : March 1, 2020 at 11:31 am