९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

कोरोना भाइरसको संक्रामण फैलिएका देशबाट उडान आजतजावत रोक्ने सरकारको तयारी

१७ फागुन, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल कोरानामुक्त घोषणा गरेको दुइ साता पनि पूरा नहुँदै सरकारले कोरोना भाइरसको संक्रामण फैलिएका देशबाट उडान आजतजावत रोक्ने तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले केही मन्त्रीलाइ शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर कोरानाको बारेमा अावश्यक निर्देशन दिएका हुन ।

फाइल फाेटाे

पर्यटनमन्त्री भट्टराइको दाबीका बाबजुद विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्रीले मन्त्रीहरूलाइ निर्देशन दिएका हुन ।

प्रधानन्त्रीले कोरोना रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका छन । जुन समितिमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षा लगायतका मन्त्री सदस्य रहेका छन । समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्नेछ र रोकथामका लागि आवश्यक निर्णय गर्नेछ ।

प्रकाशित मिति : February 29, 2020 at 11:39 pm