१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

बालिकाबारे शेरधन राईले मुख खोलेः मैले चिनेको पनि छैन, गल्ती गरेको पनि छैन (भिडियोसहित)

१७ फागुन, इटहरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बालिका खड्काको बारेमा मुख खोलेका छन । प्रेस संगठन नेपालको प्रदेशस्तरीय भेलामा सम्बाेधन गर्ने क्रममा मुख्यमन्त्री राईले सबिस्तार घटना विवरण बताएका हुन ।

राई २०७२ सालमा आफू सञ्चारमन्त्री भएदेखि नै षड्यन्त्र शुरू भएको बताउँदै भने ‘म मन्त्री भएपछि मविरुद्ध बैठक बसे । एउटा गिरोह त्यसमा सक्रिय भयो । केही पात्रहरूको खोजी गरियो । पात्रहरूको खरिद गरियो र त्यसपश्चात ममाथि त्यसलाई प्रयोग गरियो ।’ राईका अनुसार घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई समेत यसअघि नै अनुरोध गरिएको थियो ।

उनले भने ‘मैले पार्टी अध्यक्षसँग अनुमति मागेर ७ पेज म्यासेजसहित ६ वटा नम्बरसहित सीआईबीमा आवश्यक अनुसन्धानको निम्ति अनुरोध गरे । पुलिसले प्रारम्भिक सम्बन्धित मान्छेमाथि अध्ययन गर्‍यो । कि यी मान्छे स्वाभाविक मनस्थितिमा छैनन्, हामी अध्ययन अनुसन्धान गर्छाै भन्नुभयो, अहिलेका प्रतिनिधिसभा सदस्य नवराव सिलवालले ।’

तत्कालीन एमाले पार्टीमा आवद्ध रहेर काम गरेकी भनिएकी बालिका खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौनजन्य हिंसा गरेको लगायत आरोप लगाउँदै पति नाता कायम गरी अंशबण्डा हुनुपर्ने माग गरेकी छिन । राईकै मुखबाट उनको भनाइ सुन्नसक्नुहुन्छ

प्रकाशित मिति : 15:42