१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

१७ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सिर्जना भएको आन्तरिक द्वन्द्व सुल्झिएको छ ।

फाइल तस्बिर ।

पार्टीको सिफारिसअनुसार उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य हुने र अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडालाई नै निरन्तरता दिनेगरी सहमति खोजिएको खबर राजधानी दैनिकमा छ ।

यसअघि गौतमलाई राष्ट्रियसभामा पठाउने पार्टीको सिफारिस आफूलाई अमान्य हुने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताएपछि विवाद चुलिएको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपालले उपाय सुझाएपछि उनकै पहलमा पार्टीको विवाद साम्य भएको हो ।

प्रकाशित मिति : 06:56