बामदेवलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्ने प्रचण्डको विश्वास
१६ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्ने बताएका छन । शुक्रबार गृह जिल्ला चितवन पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्ने विश्वास गरे ।

उनले संविधानको मर्म र भावना विपरित भए पनि जे भए पनि गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेकाले उक्त निर्णय कार्यान्वयन हुने बताए । उनले दुबै अध्यक्षको संयुक्त बैठकले गरेको निर्णय मान्नुपर्ने तर्क गरे । यद्यपी प्रधानमन्त्रीले निर्णय नमाने के हुन्छ भन्ने पत्रकारको प्रश्नको भने उनले जवाफ दिएनन् ।
प्रकाशित मिति : 12:19









