१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

बामदेवलाई दयाको पात्र बनाउने नेकपाका शीर्ष नेता प्रचण्ड निवासमा, ओलीविरूद्ध योजना बनाउँदै

१६ फागुन, काठमाडौँ । नेकपाका उपाध्यक्ष बामदेव गौतम जसले प्रतिनिधिसभाको निर्वाचनमा शर्मनाक हार व्यहोरे तीनै नेतालाई राष्ट्रियसभाको सदस्यमा मनोनित गरेर दयाको पात्र बनाउने खोज्ने पार्टीका शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा भेला भएका छन । प्रधानमन्त्री बन्न नपाउने भएपछि राष्ट्रियसभाको चुनावै अड्दिन भनेर घोषणा गरेका गौतमलाई दयाको पात्र बनाएर राष्ट्रियसभामा पठाउन प्रचण्डको नेतृत्वमा वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल लागेका छन ।

नेकपाले अनुरोध गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई संविधानको भावना र मर्म विपरित मन्त्रिपरिषद्को कोटामा मनोनित गर्न नसक्ने स्पषट सन्देश दिएपछि प्रचण्डको निवासमा नेताहरू भेला भएका हुन । भेलामा सरकारभित्रै रहेर सरकारविरूद्धको षडयन्त्रमा साथ दिँदै आएका उर्जामन्त्री वर्षामान पुन पनि सहभागी रहेको स्रोतले जनाएको छ ।

प्रचण्ड निवास खुमलटारमा झण्डै एक घण्टादेखि छलफल चलिरहेको स्रोतले जनाएको छ । छलफलमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत पनि सहभागी रहेका छन । यी नेताले पार्टीको गैर संरचनामा योजना बनाउने र त्यस्तै स्वार्थी योजनालाई निर्णय भन्दै सचिवालयको बैठकबाट अनुमोदन गराउने गर्दै आएका छन् ।

पछिल्लो दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ कमजोर बनाउन निम्ति यस्तो बैठक दिनहुँ बस्ने गरेको छ । यस्तै बैठकका योजना अनुसार समाचार प्रकाशित गर्न प्रचण्डले कान्तिपुरका सुधीर शर्मा र नयाँ पत्रिकाका कृष्णज्वाला देवकोटालाई बोलाएर समाचार प्लानिङ पनि गर्दै आएको स्रोतले जनाएको छ । सरकारलाई तत्काल ढाल्न नसकिए पनि बिस्तारै आफ्नो स्वार्थ अनुसार नियन्त्रणमा लिने ।

वामदेवलाई उपप्रधानमन्त्री बनाएर कार्यवाहक प्रधानमन्त्री बनाउने उनीहरूको पछिल्लो योजना हो । यद्यपी बामदेवले राष्ट्रियसभामा प्रवेश नपाउने सम्भवना बढेपछि उनीहरू बढी नै आत्तिएका छन । उनीहरू माथि केही व्यापारीले बजाएको डमरूमा पुतली झैँ नाचेको आरोप समेत लागेको छ ।

प्रकाशित मिति : 10:03